गृहपृष्ठ तेह्राैं साग : पुरुष भलिबलको स्वर्ण भारतलाई

तेह्राैं साग : पुरुष भलिबलको स्वर्ण भारतलाई

साग भलिबल

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलको स्वर्ण भारतले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई ३-१ ले हराउँदै भारतले स्वर्ण जितेको हो । पहिलो सेट पाकिस्तानले २५-२० अंकले जितेको थियो । त्यसपछि भारतले लगातार तीन सेट जित्यो । भारतले दोस्रो सेट २५-१५, तेस्रो सेट २५-१७ तथा चौथो सेट २९-२७ अंकले जितेको हो ।

अहिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा महिला भलिबलतर्फ स्वर्ण पदकका लागि नेपाल र भारतबीच खेल भइरहेको छ । उक्त खेल हेर्न उपराष्ट्रपति नन्दबहादुर पुनसमेत कभर्ड हल पुगेका छन् ।

प्रकाशित समय १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु