गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङ अभियान

मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङ अभियान

muktinath-newskarobar

मुक्तिनाथ विकास बैंकले मोबाइल बैंकिङ अभियान सञ्चालनमा ल्याएको छ । नेपालको बैंकिङ प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यसमा समेट्न र नगदरहित कारोवारलाई प्रोत्साहन गर्न मोबाइल बैंकिङ अभियान सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

अभियानमा हालसम्म बैंकको मोबाइल बैंकिङमार्फत कुनै पनि कारोबार नगरेका ग्राहकले एनटिसी, एनसेल र स्मार्ट सेल मोबाइलमा रिचार्ज (टप अप) गर्दा पहिलो पटक २० प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यो अभियान २०७६ मंसिर १५ गतेदेखि लागू भई २०७६ फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।

हालसम्म मुक्तिनाथबाट मोबाइल बैंकिङ नलिएका वा लिएर पनि कारोबार नगरेका ग्राहकले यो फाइदा लिन सक्ने बैंकले जनाएको छ । यसबाट ग्राहकले मोबाइल रिचार्ज कार्ड किन्ने झन्झटबाट मुक्ति पाउनुका साथै नगद लाभ पनि लिने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित समय १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु