गृहपृष्ठ तेह्रौं साग : २० र २१ गते काठमाडौंका कुन–कुन सडक प्रयोग नगर्ने ?

तेह्रौं साग : २० र २१ गते काठमाडौंका कुन–कुन सडक प्रयोग नगर्ने ?

13th sag game

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत २० र २१ गते हुने साइक्लिङ रेस च्याम्पियनसिपलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरीले दुई वटा सडक प्रयोग नगर्न आग्रह गरेको छ । ट्राफिक प्रहरीले शुक्रबार कलंकी– कोटेश्वर खण्ड र शनिबार कलंकी– सूर्यविनायक सडकखण्डको मूल सडक प्रयोग गर्न आग्रह गरेको हो ।

ट्राफिक प्रहरीले कलंकी–कोटेश्वर खण्डको सर्भिल लेनमात्र र कलंकी–सूर्यविनायक सडकखण्डको कोटेश्वरबाट गठ्ठाघर– सल्लाघारी रुट प्रयोग नगरी जडिबुटी– पेप्सीकोला– पुरानो ठिमी– ब्यासी– कमलविनायक– च्याम्हसिंह– जगाती रुट प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित समय १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु