गृहपृष्ठ मन्त्री त्रिपाठीलाई गृहजिल्लामा स्वागत
मन्त्री त्रिपाठीलाई गृहजिल्लामा स्वागत
नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको आज गृहजिल्ला पश्चिम नवलपरासीमा कार्यकर्ता र शुभेच्छुकद्वारा स्वागत गरिएको छ ।
पछिल्लो पटक मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आएका मन्त्री त्रिपाठीलाई पश्चिम नवलपरासीका विभिन्न स्थानमा स्वागत गरिएको हो । बर्दघाट, सुस्ताको छिबनी, प्रतापपुरको गोपीगन्ज, बेलाटारीलगायत स्थानमा स्वागत गरिएको थियो । त्यस अवसरमा मन्त्री त्रिपाठीसमक्ष यस क्षेत्रको विकास निर्माणबारे पहल गर्न कार्यकर्ता र शुभेच्छुकले माग गरेका थिए । (रासस)
प्रकाशित समय ११:५८ बजे
















