गृहपृष्ठ ९१औँ मिनेटमा गोल खाँदै नेपाल श्रीलंकासँग बराबरीमै रोकियो

९१औँ मिनेटमा गोल खाँदै नेपाल श्रीलंकासँग बराबरीमै रोकियो

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको दोस्रो खेलमा नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ । अन्तिम समयमा अग्रता जोगाउन नसक्दा नेपाल श्रीलंकासँग अंक बाँड्न बाध्य भयाे ।

दशरथ रंगशालामा बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग १-१ गोलको बराबरी खेलेको हो । नेपालका कप्तान सुजल श्रेष्ठले ३७ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

श्रीलंका मोहम्मद अकिबले ९१ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरीमा रोक्न सफल भए ।

प्रकाशित समय १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु