गृहपृष्ठ १३औं साग : एकल पौडीमा गौरीकाले जितिन् ऐतिहासिक स्वर्ण
१३औं साग : एकल पौडीमा गौरीकाले जितिन् ऐतिहासिक स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बिहीबार पौडीमा नेपालकी गौरीका सिंहले ऐतिहासिक स्वर्ण जितेकी छन् । साग खेलकुदको अहिलेसम्मको इतिहासमा गौरीकाले हात पारेको यो स्वर्ण एकल पौडीतर्फको पहिलो हो ।
सातदोबाटोस्थित पौडी पोखरीमा दुई सय मिटर प्रि-स्टाइल एकल पौडीमा गौरीकाले भारतीय खेलाडीलाई पछि पार्दै ऐतिहासिक जित हात पारेकी हुन् ।
यसअघि नेपालले सागमै टिमको तर्फबाट स्वर्ण जिते पनि एकल पौडीमा स्वर्ण जितेको थिएन ।
प्रकाशित समय १७:१२ बजे

















