गृहपृष्ठ तेक्वान्दोमा नेपालले जित्याे १२ स्वर्ण

तेक्वान्दोमा नेपालले जित्याे १२ स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोमा नेपालले १२ स्वर्ण जितेको छ ।

बिहीबार सम्पन्न सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा कुल २९ स्वर्णका प्रतिस्पर्धामा नेपालले १२ स्वर्ण जितेको हो ।

पुरुष ८७ केजी तौल समूहमुनि फाइनलमा भारतका अक्ष होडालाई २९–२७ ले हराउँदै अन्तिममा भुपेनले स्वर्ण जितेपछि नेपालको १२ स्वर्ण पुगेको हो ।

बिहीबार भारतले तीन र पाकिस्तानले दुई स्वर्ण जित्यो ।

महिला ६७ केजीमुनि भारतकी रुचिका भावेले स्वर्ण जित्दा फाइनलमा नेपाली अप्सरा कार्कीलाई ८–५ ले हराइन् ।

प्रकाशित समय ०७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु