गृहपृष्ठ संस्कृति जोगाउन ‘यमरी पुन्ही फेस्टिवल’
संस्कृति जोगाउन ‘यमरी पुन्ही फेस्टिवल’
काठमाडौं उपत्यकाभित्र नेवारी समुदायको विशेष परिकारको रुपमा मानिने यमरीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ यमरी पुन्ही फुड फेस्टिवल आयोजना हुने भएको छ ।
नेवारी समुदायमा १ शताब्दीको इतिहास रचेको परिकार यमरीका बिभिन्न स्वादहरुको तिर्सना मेटाउन पर्यटन क्षेत्रमा क्रियाशिल पर्यटन विद्यार्थी मञ्च–नेपालले १ दिने यमरी पुन्ही फेस्टिवल आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
पछिल्लो समय समुदायबाट लोप हुदै गएका र खानामा आफ्नै मौलिक पहिचान बनाएका नेवारी परिकारहरुलाई जर्गेना गर्न र नयाँ पुस्ताहरुलाई स्वाद चखाउन यमरी पुन्ही फेस्टिवल ११४० को आयोजना गरेको पर्यटन विद्यार्थी मञ्च–नेपालका अध्यक्ष अभिषेक अर्यालले बताए ।
शताब्दी इतिहास बोकेको यमरी तथा नेवारी परिकारको संरक्षण, नयाँ पुस्तामा हस्तान्तरण र समाजमा सकारात्मक प्रभाव पार्ने फुड फेस्टिवल कार्यक्रमकी संयोजक एवं मञ्चकी सचिव बिजिता शाक्यले बताईन् ।
कार्यक्रम काठमाडौं स्थित सेतो मछिन्द्रनाथ मन्दिर परिसर, केल टोल जनवहाल – असनमा मंसिर २१ गते (शनिबार) बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म हुने आयोजकले जनाएको छ ।
प्रकाशित समय ०७:५८ बजे

















