गृहपृष्ठ ‘जलपरी’ गौरिकाले बनाइन् ऐतिहासिक कीर्तिमान
‘जलपरी’ गौरिकाले बनाइन् ऐतिहासिक कीर्तिमान
भारतीय खेलाडीलाई फेरि पछाडि पारिन्
जारी १३औँ सागमा गौरिका सिंहले आइतबार तेस्रो स्वर्ण जितेकी छन् । महिला ४ सय मिटर फ्रिस्टाइल स्पर्धामा भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै गौरिकाले स्वर्ण पदक जित्न सफल भएकी हुन् ।
उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरी गरिन् । रजत जितेकी शिवाङ्गीले ४ मिनेट २६.२२ मिनेटमा निर्धारित दुरी पार गरेकी थिइन् भने ४ मिनेट ४१.९१ मा दुरी पार गरेकी श्रीलंकाकी रमुदी नुरालाले काश्य जितेकी छन् ।
यससँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । यसअघि गौरिकाले २ स्वर्ण तथा १-१ रजत र कास्य जितिसकेकी छन् । २०० मिटर फ्री स्टायल र ब्याकस्ट्रोकमा उनले स्वर्ण जितेकी थिइन् । यस्तै १०० मिटर ब्याकस्ट्रोकमा रजत र महिला ४ सय मिटर फ्री स्टायलमा गौरिकासहितको टिमले काश्य जितेको छ ।
प्रकाशित समय १७:१९ बजे

















