गृहपृष्ठ नेपाल पुरूष फुटबलको फाइनलमा

नेपाल पुरूष फुटबलको फाइनलमा

१३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरूष फुटबलमा नेपाल स्वर्णनजिक पुगेको छ । आइतबार बेलुकी दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दै नेपाल शिर्ष स्थानम रहेर फाइनल प्रवेश गरेकाे  हो ।

नेपालको जितका लागि खेलको ११औं मिनेटमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलमा नेपालले थप गोल गर्ने अवसरहरू सदुपयो गर्न सकेन । केही सहज माैकामा  गोल थप्न नसक्दा नेपालले कठिन जित आत्मसात गर्‍यो । बंंगलादेशले पनि नेपालको पोष्टमा पटक-पटक आक्रमण गरेको थियो ।

बल प्रहार गर्दै कप्तान श्रेष्ठ।

अब नेपालले स्वर्णको लागि मंगलबार भुटानसँग खेल्नेछ । समूह चरणमा नेपालसँग ४-० ले पराजित भुटानले लिगका बाँकी तीनै खेल जितेको थियो । अन्तिम खेलमा शनिबार श्रीलंकालाई ३-० ले हराएको भुटानले त्यसअघि बंगलादेश र माल्दिभ्सलाई पनि जित्दै ९ अंकसहित पहिलोपटक साग फुटबलको फाइनलमा स्थान बनाएको छ ।

नेपालले ४ खेलमा १० अंक जोडेको छ । भुटानको ९ अंक  छ।

प्रकाशित समय १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु