गृहपृष्ठ महिला फुटबल : नेपाल फेरि पनि भारतसँग स्तब्ध

महिला फुटबल : नेपाल फेरि पनि भारतसँग स्तब्ध

१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना यो पटक पनि अधुरै रहन पुगेको छ । आयोजक नेपाल फाइनलमा भारतसँग २-० गोलले पराजित भएको छ ।

पोखरा रंगशालामा सोमबार भएको फाइलनमा भारतका लागि दुवै गोल बालादेवीले गरिन् । खेलको १८औं र ५५औं मिनेटमा उनले गरेको गोलले भारत स्वर्णको हकदार बन्यो ।

सागमा महिला फुटबल २०१० बाट समावेश भएको थियो । त्यसपछि तीन वटै संकरणको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै आएको छ ।

प्रकाशित समय १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु