गृहपृष्ठ भारतसँग हारेपछि प्रशिक्षक खड्काद्वारा राजीनामा
भारतसँग हारेपछि प्रशिक्षक खड्काद्वारा राजीनामा
फुटबलमा नेपाललाई स्वर्ण दिलाउने दावी गरेका हरि खड्काले त्यसमा असफल भएपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । फाइनलमा भारतसँग पराजित भएपछि प्रशिक्षक खड्काले राजीनामा दिएका हुन् ।
पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २-० गोलले पराजित भएको थियो । खेलपछि आयोजित पत्रकार सम्मेलनमा खड्काले भने, ‘हामीले जुन उद्देश्यले तयारी गरेका थियौं, त्यो पूरा भएन । यसको जिम्मेवारी लिँदै राजीनामा दिन चाहन्छु ।’
प्रकाशित समय १६:०४ बजे

















