गृहपृष्ठ चार स्वर्ण जित्दै गौरिकाले रचिन् कीर्तिमान
चार स्वर्ण जित्दै गौरिकाले रचिन् कीर्तिमान
उनले २ रजत र २ कास्य पनि जितेकी छन्
१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पौडीमा गौरिका सिंहले सोमबार चाैथाे स्वर्ण जितेकी छन् । सातदोबाटोस्थित स्वीमिङ पुलमा सोमबार भएको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन् ।
सोमबार उनले ५८.१३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् । भारतकी सिबांगी शर्माले ५८.१५ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै रजत जितिन् ।
योसँगै उनी एउटै सागमा ४ स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् । उनले यसअघि ४०० मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर फ्रिस्टाइलमा पनि उनले स्वर्ण पदक जितेकी थिइन् ।
सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । दीपकले चारवटा सागबाट ४ स्वर्ण जितेका थिए भने गौरिकाले एकै सागमा जितेकी हुन् । गौरिकाले जारी सागमा २ रजत र २ कास्य पदक जितेकी छन् ।
प्रकाशित समय १८:१९ बजे

















