गृहपृष्ठ सागको रिपोर्टिङमा गएका पत्रकार प्रहरीबाटै कुटिए

सागको रिपोर्टिङमा गएका पत्रकार प्रहरीबाटै कुटिए

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहको रिपोटिङ दशरथ रंगशालामा गएका पत्रकार माथि प्रहरीले कुटपिट गरेको छ ।

रंगशालाबाहिर टिकट मूल्य वृद्धिको विरोधमा सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको हो ।

पत्रकार चापागाईंलाई डीएसपी सन्तोषसिंह राठोरलगायत प्रहरीले आधिकारिक एक्रिडेसन कार्ड लगाएको अवस्थामा नै कुटपिट गरेको बताइएको छ ।

प्रकाशित समय १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु