गृहपृष्ठ १३औँ दक्षिण एसियाली खेलकुद (साग) समापन समारोह (लाइभ)

१३औँ दक्षिण एसियाली खेलकुद (साग) समापन समारोह (लाइभ)

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)को दशरथ रंगशालामा समापन समारोह भइरहेको छ । गत मंसिर १५ गते सागको उद्घाटन भएको थियो । साग अन्तर्गतका खेलहरू काठमाडाैँ,  जनकपुर र पोखरमा सञ्चालन भएको थियो ।

१७४ स्वर्णसहित कुल ३१२ पदक जितेर भारत सागमा पहिलो भएको छ । इतिहासमै सबैभन्दा बढी ५१ स्वर्ण, ६० रजत र ९५ कास्य हासिल गरेको नेपाल दोस्रो बन्यो । ४० स्वर्णसहित श्रीलंका तेस्रो, ३१ स्वर्णसहित पाकिस्तान चाैथो स्थानमा रह्यो ।

पाँचाै स्थानमा रहेको बंगलादेशले १९ स्वर्ण, छैठाैँ भएको माल्दिभ्सले एक स्वर्ण तथा पदक तालिकाको पुछारमा रहेकाे भुटानले सात रजत र १३ कास्य जितेकाे  छ।

प्रकाशित समय १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु