गृहपृष्ठ बलात्कार प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कार प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

arrest_पक्राउ_news karobar

सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ ।

वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको डीएसपी तिलक भारतीले जानकारी दिए । उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज बिहान साहलाई पक्राउ गरिएको हो ।

स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको डीएसी भारतीले बताए । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु