गृहपृष्ठ बरियारपट्टीमा ३८ छात्रालाई साइकल वितरण

बरियारपट्टीमा ३८ छात्रालाई साइकल वितरण

प्रदेश नं २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सिरहाको बरियारपट्टी गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय जानकीनगर खोक्सीका ३८ छात्रालाई साइकल वितरण गरिएको छ ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष रेखाकुमारी यादवले संयुक्त रूपमा साइकल वितरण गरेका हुन् ।

उक्त अवसरमा गाउँपालिकाका अध्यक्ष महतोले शिक्षाको विकास नभई अन्य विकास सम्भव नभएको बताउँदै शिक्षाको विकासका लागि समाजका सबै वर्ग सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिए । (रासस)

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु