गृहपृष्ठ नाइजेरियन र बेलायती नागरिकको संलग्नता
नाइजेरियन र बेलायती नागरिकको संलग्नता
चिठ्ठा पर्यो भन्दै करोडौं ठगी
कृषि विकास बैंक लहान शाखाको रकम लुटने मुख्य योजनाकार भनिएका ‘काले’ अर्थात् पिटर समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विश्वेश्वरप्रसाद तिवारी र नवलपरासी रामग्रामकै १९ वर्षीय संदीप कलवार रहेका छन् ।
मुख्य योजनाकार भनिएका पिटर हर्मन असेन्ज नाइजेरियन नागरिक हुन् भने स्मिथ मोरिस बेलायती नागरिक हुन् । यसमा १० जना भारतीय नागरिक पनि संलग्न भएको प्रहरीले बताएको छ ।
नाइजेरियन, ब्रिटिश तथा भारतीय नागरिकहरु भारतको दिल्ली र मुम्बई, पाकिस्तान, चीन, तान्जेनिया, इथियोपिया तथा बेलायतमा बसी नेपालका नागरिकहरुलाई एजेण्ट बनाएर चिट्ठा परेको, पार्सल आएको भनी ठगी गर्ने र बैंक ह्याकका लागि परिचालन गर्ने गरेको पाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
बैंक ह्याक प्रकरणमा पक्राउ परेका तीनै जनाको कनेक्सन कालेसँग देखिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरुले १७ करोड बराबरको कारोबार उनीहरुले गरेका छन् । असोज पहिलो साता कृषि विकास बैंक लहान शाखाको नाफाबाट करिब ५ करोड रुपैयाँ व्यक्तिको खातामा ट्रान्सफर गराएर रकम निकालेको आरोपमा १८ जना पक्राउ परेका थिए ।
प्रकाशित समय १४:३६ बजे

















