गृहपृष्ठ च्याम्पियन्स लिग फुटबल : रियल मड्रिड लगातार विजयी यात्रामा
च्याम्पियन्स लिग फुटबल : रियल मड्रिड लगातार विजयी यात्रामा
च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ए मा पनि रियल मड्रिडले बुधबार राति क्लब ब्रुगलाई ३–१ ले पराजित गरेको छ ।
रियल मड्रिड सबै प्रतियोगितामा गरेर पछिल्ला १० खेलमा प्रतिद्वन्द्वीलाई पराजित गरेको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले दोस्रो हाफमा तीन गोल गरेर एक गोल खाएको हो ।
५३ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । ५५ औँ मिनेटमा वानाकेनले क्लब ब्रुगका लागि बराबरी गोल फर्काए ।
भिनिसिअस जुनियरले ६४ औँ मिनेटमा गोल गरेर पुनः रियल मड्रिडलाई अग्रता दिलाए ।
प्रकाशित समय ०७:४८ बजे

















