गृहपृष्ठ मृत्यु हुनेको संख्या १४ पुग्यो

मृत्यु हुनेको संख्या १४ पुग्यो

सिन्धुपाल्चोकमा बस दुर्घटना परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नंको रिजर्भ बस सुनकोसी गाउँपालिका–७ को ६ किलोमा दुर्घटना हुँदा १२ जनाको घटनास्थलमै र २ जना उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा ८ जना महिला, ३ जना पुरुष, एकजना बालिका र दुईजना बालक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीका अनुसार कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । घटनामा १८ जना घाइते छन् । बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन ।

‘घाइतेहरुको सिन्धुसभाबार हस्पिटलमा उपचार भइरहेको र गम्भिर घाइतेहरुलाई धुलीखेल, काठमाडौंलगायतका अस्पताल उपचारका लागि रिफर गरेको छ । दुर्घटना भने के कसरी भयो भन्ने खुलेको छैन । प्रहरीले उद्धार तथा अनुसन्धान गरिरहेको छ ।’ उनले भने ।

प्रकाशित समय ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु