गृहपृष्ठ नेकपा स्थायी समिति बैठक सुरु

नेकपा स्थायी समिति बैठक सुरु

nekapa_standing committee

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली भने सहभागी छैनन् ।

आजै बसेको सचिवालय बैठकले स्थायी समिति बैठकका लागि पाँचवटा कार्यसूची तय गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकको कार्यसूचीको पहिलो नम्बरमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन रहेको छ ।

दोस्रो कार्यसूचीमा विधान संशोधनको विषय, तेस्रो नम्बरमा नेपाल-भारत सीमा समस्यालाई राखिएको उनले जानकारी दिए । केन्द्रीय कमिटीको अर्को बैठकलगायत विवधि विषय कार्यसूचीमा समावेश रहेको प्रवक्ता श्रेष्ठले बताए ।

नेकपाको स्थायी समिति बैठक एक वर्षपछि बसिरहेको हो । यसअघि अघिल्लो वर्ष पनि मंसिर २९ देखि नै बैठक सुरु भएको थियो । नेकपाको पार्टी विधानमा भने स्थायी समिति बैठक प्रत्येक तीन महिनामा बस्ने व्यवस्था छ।

प्रकाशित समय १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु