गृहपृष्ठ पर्यटक उद्धारमा खटिएका निकायलाई विवरण बुझाउन विभागको निर्देशन

पर्यटक उद्धारमा खटिएका निकायलाई विवरण बुझाउन विभागको निर्देशन

department of tourism

भ्रमणमा आएर ज्यान गुमाएका पर्यटकको सम्पूर्ण विवरण पठाउन कम्पनीलाई पर्यटन विभागले सात दिने अल्टिमेटम दिएको छ । पर्यटन विभागले शुक्रबार सूचना जारी गर्दै सात दिनमा कम्पनीहरुले विवरण नपठाएका कारबाही गर्ने चेतावनी दिएको छ ।

हिमशृंखला, उच्च भूभागमा, बेँसीतिरका जुनसुकै ठाउँमा पनि पर्यटकको ज्यान गए पनि कम्पनीले व्यक्तिको सम्पूर्ण विवरण १५ दिनभित्र सरकारको आधिकारिक निकाय पर्यटन विभागमा विवरण पेस गर्नुपर्ने प्रावधान छ ।

पर्यटक खोज उद्धार उपचार तथा अनुगमनसम्बन्धि कार्यविधि २०७५ को दफा ८ बमोजिम खोजी उद्धार तथा उपचारमा संलग्न निकायले पर्यटकको उद्धार तथा उपचार गरेका पर्यटकको विवरण सिजन समाप्त भएको १५ दिनभित्र भित्रमा पेस गर्नुपर्छ ।

त्यस्तै कार्यविधिको दफा ९ मा उल्लेखित बिमा दाबी गर्न एजेन्सीले दाबी गरेको बिमाको विवरण प्रत्येक महिना विभागलाई पठाउनुपर्ने प्रावधानअनुसार अहिलेसम्म कुनै निकायले पनि विवरण नपाएको पर्यटन विभागका प्रवक्ता सुरेन्द्र थापाले बताएका छन् ।

उनका अनुसार पर्यटक खोज उद्धार उपचार तथा अनुगमनसम्बन्धि कार्यविधि २०७५ बमोजिम पेस गर्नुपर्ने हुन्छ । सन् २०१९ को शरद ऋतुका सेप्टेम्बर अक्टुबर र नोभेम्बर को सम्पूर्ण विवरण ७ दिनभित्र मन्त्रालयमा पठाउन पर्यटन विभागले अल्टिमेटम जारी गरेको छ ।

पर्यटन विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘पर्यटक खोज, उद्धार उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५ को दफा ८ मा सम्बन्धित निकायलाई उल्लेखित विवरण र लागत समय खुल्ने गरी पछि फरक नपर्ने गरी आजका मितिले ७ दिनभित्र उपलब्ध गराउन हुन अनुरोध गर्दछौं ।’

जारी गरेको ७ दिनमा पनि कम्पनीहरुले ज्यान गुमाएका, उद्धार गरिएका पर्यटकको कुनै विवरण पेस नगरेमा कानुन बमोजिम कारबाही गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु