गृहपृष्ठ डनबस्को, एभरेष्ट र ज्ञान सारथी सेमिफाइनलमा प्रवेश
डनबस्को, एभरेष्ट र ज्ञान सारथी सेमिफाइनलमा प्रवेश
निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा डिपिएस, डनबस्को, एभरेष्ट र ज्ञान सारथी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विराटनगरमा सोमबार भएको पहिलो खेलमा डिपिएसले विकेभिएमलाई टाइब्रकेरमा ३–२ गोलले पराजित गरेको थियो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि टाइब्रेकरबाट खेलको छिनाफानो भएको हो ।
दोस्रो खेलमा डनबस्कोले बाल्मिकीलाई १-० गोलले हरायो । तेस्रो खेलमा एभरेष्टले जेभियर्स स्कूललाई ४–० गोलले जित्यो । चौथो खेलमा ज्ञान सारथी स्कुलले गोदावरी स्कुललाई १–० को आत्माघाती गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
गोदावारीका सुमित बज्रचार्यले आत्माघाती गोल गरेका थिए । सेमिफाइन र फाइनल खेल मंगबार हुने खेल संयोजक अशोक लामाले जानकारी दिए ।
प्रकाशित समय १०:३३ बजे

















