गृहपृष्ठ इटहरीमा बेचबिखन तथा यौन शोषणसम्बन्धी प्रशिक्षण सुरू

इटहरीमा बेचबिखन तथा यौन शोषणसम्बन्धी प्रशिक्षण सुरू

सुनसरीको इटहरीमा महिला बेचबिखन तथा बाल यौन शोषणसम्बन्धी जनचेतना फैल्याउने उद्देश्यसहित आजदेखि प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।

पछिल्लो समय नेपालमा बढ्दै गएका महिला बेचबिखनका घटनालाई मध्यनजर गर्दै क्विक रेस्क्यु टिम नेपालको आयोजनामा अर्फान भ्वाइस र सीएचएफएनसँगको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।

महिला बेचबिखन तथा बालयौन शोषण न्यूनीकरण, रोकथाम र घटनापश्चात्को अवस्था कसरी सहज बनाउने भन्ने विषयमा केन्द्रित रहेको तालिम ४ दिनसम्म सञ्चालन हुने रेस्क्यु टिमका अध्यक्ष विक्रम वर्णवास येक्तेनले जानकारी दिए ।

तालिममा प्रदेश १ का विभिन्न सातवटा जिल्लाबाट सहभागीहरु भेला भएका छन् । तालिमको उद्घाटन कार्यक्रम इटहरीका व्यवसायी तथा रेस्क्यु टिमका सल्लाहकार बलराम आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रकाशित समय १०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु