गृहपृष्ठ सन्दीप लामिछानेको जुत्तामा भ्रमण वर्षको प्रचार
सन्दीप लामिछानेको जुत्तामा भ्रमण वर्षको प्रचार
नेपाल भ्रमणको प्रचार पनि अनौठो तरिकाले हुने गरेको छ । अष्ट्रेलियामा बिग ब्यास लिग (बीबीएल) क्रिकेट खेलिरहेका सन्दीप लामिछानेले नेपाल भ्रमण वर्षको प्रचार आफ्नो जुत्तामा गरेका छन् ।
उनले बुधबार सिड्नी थण्डर्सविरुद्धको खेलमा सन्दीपले आफ्नो जुत्तामा भिजिट नेपाल २०२० लेखेका थिए । उनले अष्ट्रेलियामा भइरहेको आगलागीलाई पनि समेटेर आफ्नो जुत्ता रङ्ग्याएका छन् ।
Stars spinner @IamSandeep25 showing his support for people impacted by the bushfires + support for his home country of 🇳🇵
Place a bid in our auction: https://t.co/lqL0noDo4e pic.twitter.com/WT01klUBQl
— Melbourne Stars (@StarsBBL) January 8, 2020
सन्दीप आबद्ध मेलबर्न स्टार्स क्लबले ट्वीट गरेर सन्दीप लामिछानेले अष्ट्रेलिया आगलागीको लागि सहयोग र आफ्नो देश नेपालको भ्रमण वर्षको अभियानमा समर्थन गरेको भन्दै ट्वीट गरिएको छ ।
प्रकाशित समय १०:०९ बजे

















