गृहपृष्ठ आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान

काठमाडौँ । माघ ९ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारहरुको अन्तिम नामावली र चुनाव चिह्न वितरण गरिने भएको छ ।

उम्मेदवारले नाम फिर्ता लिन बिहीबार बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म निर्धारण गरिएको छ । मनोनयनपत्र दर्ता गरेका कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता नलिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आज पुस २५ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुदैंछ ।

प्रकाशित समय ०७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु