गृहपृष्ठ चिनियाँ राष्ट्रपति सिद्वारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण
चिनियाँ राष्ट्रपति सिद्वारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण
चीनमा प्राणघातक कोरोना भाइरसको संक्रमणको आशंका गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सि चिनफिङले निरीक्षण गरेका छन् ।
उनको बेइजिङमा स्वास्थ्य विभागले कोरोना भाइरसको संक्रमणको उपचारमा लागि सञ्चालन गरिरहेका स्थानहरुको सोमबार निरीक्षण गरेको समाचारमा जनाइएको छ ।
राष्ट्रपति सिले बेइजिङको चाओयाङ जिल्लाको अनहुली समुदायका नागरिकका लागि कोरोना भाइरसको उपचारका लागि बनाइएका रोग निवारण तथा उपचार केन्द्रहरुको पनि निरीक्षण गरी ती स्थानमा अपनाइएका उपचार पद्दतिको बारेमा पनि जानकारी लिएको बताइएको छ ।

प्रकाशित समय १६:५२ बजे

















