गृहपृष्ठ सिन्धुपाल्चोककाे जुगलमा कोरोना फैलिएको आशंका, २०० भन्दा बढी विरामी
सिन्धुपाल्चोककाे जुगलमा कोरोना फैलिएको आशंका, २०० भन्दा बढी विरामी
स्वास्थ्य मन्त्रालयसँग सहयाेगका लागि पत्राचार
चीनबाट फैलिएको नोबेल कोरोना भाइरससँग मिल्दाेजुल्दाे लक्षण नेपालमा पनि देखिएको छ ।
चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको भएपछि गाउँपालिकाले सहयोगका लागि पत्राचार गरेको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर ३ मा कोरोना भाइरसको संक्रमणका लक्षण देखिएको छ । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले हालसम्म २०१ जनामा कोरोना भाइरसको संक्रमणको लक्षण देखिएको बताएका छन् ।
उनका अनुसार स्थानीय स्वास्थ्य चौकीको सम्पर्कमा पुगेका त्यस्ता बिरामीले औषधि सेवन गरे पनि निको भएको छैन ।
कोरोना संक्रमितमा जस्तो लक्षण बिरामीमा भेटिएपछि गाउँपालिकाले मंगलबार यसको पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको उनले बताए । पत्रमा सोमबारबाट यस्ता बिरामी भेटिएकाले पहिचानमा सघाइदिन आग्रह गरिएको छ ।
मन्त्रालयले भने सिन्धुपाल्चोकमा कोरोना भाइरसका संक्रमितमा जस्तो लक्षणका बिरामी भेटिएको हल्ला सुने पनि औपचारिक जानकारी भने नआएको बताएको छ ।
प्रकाशित समय ०९:०४ बजे


















