गृहपृष्ठ एनआईसी एसिया बैंकको नयाँ काउन्टर ललितपुर जिल्ला अदालतमा
एनआईसी एसिया बैंकको नयाँ काउन्टर ललितपुर जिल्ला अदालतमा
एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो १०९ औं विस्तारित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
ललितपुर जिल्ला अदालत परिसरमा बैंकको नयाँ काउन्टर ललितपुर जिल्ला अदालतका माननीय मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर सञ्चालनमा आएसँगै अदालतमा आउनुहुने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन सहयोग पुग्ने बताए ।
प्रकाशित समय ०८:१२ बजे

















