गृहपृष्ठ कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १११३ पुग्यो
कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १११३ पुग्यो
चीनबाट फैलिएको नोबेल कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय १३ पुगेको छ ।
मंगलबार मात्रै चीनमा कोरोना भाइरसको संक्रमणमा परी ९७ जनाको ज्यान गएको र हालसम्म ४४ हजार ६ सय ५३ जना संक्रमित फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि चीनमा फेब्रुवरी ३ मा ६४, फेब्रुवरी ४ मा ६६, फेब्रुवरी ५ र ६ मा ७३, ७३, फेब्रुवरी ७ मा ८६ तथा फेब्रुवरी ८ मा ८९, फेब्रुवरी ९ मा ९७ र १० मा १०८ र ११ मा ९७ जनाको ज्यान गएको छ ।
प्रकाशित समय १०:१९ बजे

















