गृहपृष्ठ कुवेतमा बालुवा र ग्राभल खस्दा ४ नेपालीको मृत्यु
कुवेतमा बालुवा र ग्राभल खस्दा ४ नेपालीको मृत्यु
कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थल बालुवा र ग्राभल खस्दा सो ठाउँमा कार्यरत चार नेपालीको ज्यान गएको छ ।
सो दुर्घटनामा अन्य तीन जना कामदार हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको परिचय भने खुलाइएको छैन ।
ज्यान गुमाएका नेपालीहरु त्यहाँको चिनियाँ कम्पनीमा कार्यरत थिए । ब्लक १, एन फाइभमा काम गर्ने क्रममा उनीहरुमाथि बालुवा र ग्राभल खसेको जनाइएको छ ।
प्रकाशित समय १०:४६ बजे

















