गृहपृष्ठ चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सयनजिक, ६४ हजार संक्रमित
चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सयनजिक, ६४ हजार संक्रमित
चीनमा नोबेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ३८० पुगेको छ । बिहीबारमात्रै थप १२१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचारहरुमा जनाइएअनुसार बिहीबार थप ५ हजा ९० जना कारोना संक्रमित फेला परेका हुन् । यससँगै चीनमा कोरोना संक्रमितको संख्या ६४ हजार पुगेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना संक्रमितको संख्या उच्च दरमा बढ्दै गएको बताएको छ ।
कोरोना भाइरस महामारीको कारण मर्नेको उच्च दरमा बढेसँगै अमेरिकाले बेइजिङबाट पारदर्शिताको अभाव भएको गुनासो गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनको हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको संक्रमण सुरु भएको यो भाइरसबाट हुने संक्रमणलाई हालैमात्र वैज्ञानिकले ‘कोभिड-१९’ नाम दिएका छन् । (एजेन्सी)
प्रकाशित समय १५:१४ बजे

















