गृहपृष्ठ पोखरा म्याराथनको उपाधि जापानका त्युसुकेलाई
पोखरा म्याराथनको उपाधि जापानका त्युसुकेलाई
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जापानका त्युसुके थाकानासीले जितेका छन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गरेका हुन् ।
सशस्त्र प्रहरीका किरणसिङ बोगटीले सो दुरी २ घण्टा २८ मिनेट ८ सेकेण्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरे । तेस्रो भएका अनिश थापाले २ घण्टा २९ मिनेटमा दौड पूरा गरेका थिए । गणेश सिंह ठकुरी सान्तवना भए ।
प्रतियोगितामा पहिलो हुनेले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने दोस्रोले १ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रकाशित समय १३:३७ बजे

















