गृहपृष्ठ भाइरसबाट ज्यान गुमाउनेको संख्या १७७०, साढे ७० हजार संक्रमित
भाइरसबाट ज्यान गुमाउनेको संख्या १७७०, साढे ७० हजार संक्रमित
चीनबाट विश्वमा व्यापाक रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दै गएकाे छ । चीनमा आइतबार मात्रै कोरोना भाइरसको संक्रमणबाट १०० जनाको ज्यान गएको चाइना डेलीले जनाएको छ ।
भाइरसबाट चीनमा ७० हजार ५ सय ४८ जना संक्रमित भएको र १७ सय ७० जनाको ज्यान चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अघिल्लाे दिन शनिबार मात्रै चीनमा कोरोना भाइरसबाट १४२ जनाको ज्यान गएको थियो ।
चीन बाहिर कोरोना भाइरसबाट सोमबार बिहानसम्म जापानमा २, हङकङमा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाले ज्यान गुमाएका छन् । हालसम्म २५ देशमा फैलिएको कोरोना भाइरसबाट एक हजार बढी मानिसहरु संक्रमित भएका छन् ।
साे भाइरस जापानमा ४ सय बढी व्यक्तिमा देखा परेको छ ।
प्रकाशित समय ०९:१२ बजे

















