गृहपृष्ठ सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा
सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा
सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । मन्त्री बाँस्कोटाले राजीनामा दिएको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने विषयमा स्विस एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका हुन् ।
सञ्चारमन्त्रीको राजीनामा माग गर्दै नेपाली कांग्रेसले प्रतिनिधि तथा राष्ट्रिय सभा दुवै अवरुद्ध गरेको थियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषदमा पनि पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने र यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने कांग्रेसको माग छ ।
प्रकाशित समय १५:१९ बजे

















