गृहपृष्ठ सुन प्रतितोला ७८ हजार १ सय रूपैयाँ
सुन प्रतितोला ७८ हजार १ सय रूपैयाँ
नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दु प्रतितोला ७८ हजार १ सय रूपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी माहासंघले शुक्रबारका लागि छापावाल सुन प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकेको हो ।
बिहीबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । फागुन ६ गतेदेखि सुनको मूल्य निरन्तर बढ्न थालेको थियो ।
प्रकाशित समय १२:०८ बजे

















