गृहपृष्ठ कोरोनाबाट शनिबार ११० जनाको मृत्यु, ७६ हजार २८८ संक्रमित

कोरोनाबाट शनिबार ११० जनाको मृत्यु, ७६ हजार २८८ संक्रमित

चीनमा कोरोना भाइरसबाट शनिबार मात्रै १०९ जनाको ज्यान गएको छ । इटलीमा एक जना गरी ११० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले चीनमा ७६ हजार २ सय ८८ जना संक्रमित भएका छन् । शनिबार ३ सय ९७ जना मात्रै संक्रमित भेट्टिएका छन् । हालसम्म चीनमा ज्यान गुमाउनेको संख्या २ हजार ३४५ पुगेको छ ।

पछिल्लो समय चीनमा दैनिक संक्रमितको संख्या घट्दै गए पनि चीनबाहिर भने संक्रमितको संख्या बढ्दै गएको छ । चीन बाहिर जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ ।

जापानमा ६१३ जना संक्रमित भएका छन् भने २ जनाको ज्यान गएको छ । त्यस्तै दक्षिण कोरियामा हालसम्म ८२ जनामा कोरोना जीवाणुको संक्रमण देखिएको छ ।

प्रकाशित समय ०८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु