गृहपृष्ठ नेकपाको सचिवालय बैठक बस्दै, एमसीसी मुख्य एजेण्डा

नेकपाको सचिवालय बैठक बस्दै, एमसीसी मुख्य एजेण्डा

फाइल तस्बिर ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा एमसीसीबारे छलफल हुने बताइएको छ ।

झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले एमसीसीसम्बन्धी सम्झौताका केही बुँदाहरू संशोधन नगरी पारित गर्न नहुने सुझावसहितको प्रतिवेदन शुक्रबार बुझाएको छ । पार्टीभित्र तीव्र विवादको विषय बनेको एमसीसीबारे शनिबारको सचिवालय बैठकले निर्णय गर्ने सम्भावना भने कम रहेको छ । दुई अध्यक्षले खनाल कार्यदलको प्रतिवेदन अध्ययन गरी नसकेकाले यसबारेमा छलफल मात्र हुने भएको छ ।

सचिवालयको बैठकमा निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको विषयमा पनि छलफल हुने बताइएको छ । ७० करोड कमिसन मागेको अडियो बाहिरिएपछि प्रधानमन्त्री ओलीकै निर्देशनमा बाँस्कोटाले राजीनामा दिएका थिए ।

प्रकाशित समय १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु