गृहपृष्ठ कोरोना संक्रमणबाट २४४१ जनाको मृत्यु, ७६ हजार ९१६ जना संक्रमित

कोरोना संक्रमणबाट २४४१ जनाको मृत्यु, ७६ हजार ९१६ जना संक्रमित

चीनबाट विश्वमा फैलिएको नोबेल कोरोना भाइरसले मुर्त रुप लिएको छ । चीनमा मात्र ७६ हजार ९ सय १८ जनामा कारोना भाइरसको संक्रमण देखिएको छ ।

भाइरसकै कारण हालससम्म विश्वभर ज्यान गुमाउनेको संख्या २ हजार ४४१ पुगेको छ । चीनमा मात्रै ज्यान गुमाउनेको संख्या २ हजार ३४५ पुगेको छ ।

चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले लेखेअनुसार शनिबार कोरोनाको संक्रमणबाट ९६ जनाको ज्यान गएको छ भने शनिबार मात्रै ६३० जना नयाँ संक्रमित फेला परेका छन् ।

चीन बाहिर जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ ।यसअघि हङकङ र फिलिपिन्समा पनि कोरोना भाइरसबाट एक/एक जनाको ज्यान गएको छ । (एजेन्सी)

प्रकाशित समय ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु