गृहपृष्ठ कोरियास्थित नेपाली दूतावासको आग्रह- संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउनू
कोरियास्थित नेपाली दूतावासको आग्रह- संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउनू
दक्षिण कोरियास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरुलाई कोरोनाको संक्रमण हुन सक्नेतर्फ सचेत गराउँदै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । आइतबार सूचना जारी गर्दै दूतावासले सुरक्षाका प्रभावकारी उपाय अवलम्वन गर्दै सुरक्षित रहन अनुरोध गरेको हो ।
‘हाल सबैभन्दा धेरै संख्यामा संक्रमितहरु देखापरेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरु, अन्य पेसा, व्यवसाय र श्रम गरी बसेका नेपालीहरुलाई विशेष सावधानी अपनाउन पनि राजदूतावास अनुरोध गर्दछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
चीनको हुवे प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस दक्षिण कोरियामा पनि देखापरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबारसम्म कोरियामा चार सय बढी मानिस संक्रमित बनेका छन् ।

प्रकाशित समय १३:०४ बजे

















