गृहपृष्ठ कमल थापाले गीता हातमा लिएर कसम खाए- म कहिल्यै पार्टी फुटाउने छैन

कमल थापाले गीता हातमा लिएर कसम खाए- म कहिल्यै पार्टी फुटाउने छैन

राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा सभामा कमल थापाले आफूले कहिल्यै पार्टी नफुटाउने कसम खाएका छन् । उनले गीता हातमा लिएर पार्टी नफुटाउने कसम खाएका हुन् ।

थापाले गीता वाचन गर्दै भने, ‘म यस सभामा उपस्थित सम्पूर्ण कार्यकर्ता, देश र विदेशबाट हेरिरहनुभएका साथीहरुलाई साक्षी राखेर प्रतिज्ञा गर्दछु, म कहिल्यै पनि पार्टी फुटाउने छैन ।’ उनले राप्रपा फुट्ने अनावश्यक सोच नराख्न कार्यकर्तालाई आग्रहसमेत गरे ।

‘पार्टी फुट्नुमा नेताहरुको बढी दोष होला । तर तपाईंहरुले हस्ताक्षर नगर्ने हो भने पार्टी फुट्न सक्दैन । तपाईंहरु नेताको पछि होइन, नीतिको पछाडि लाग्नुभयो भने पार्टी फुट्दैन’, उनले भने ।

 

प्रकाशित समय १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु