गृहपृष्ठ कोरोनाको प्रकोप : विश्वचर्चित फुटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा
कोरोनाको प्रकोप : विश्वचर्चित फुटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा
कोरोना भाइरसको आशंकामा चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको छ ।
इटलीबाट पोर्चुगल फर्किएका रोनाल्डोलाई मडेइरास्थित घरमै क्वारेन्टाइनमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इटाली कोरोना प्रभावित मुलुक भएको भन्दै त्यहाँबाट आएका नागरिकलाई पोर्चुगलमा क्वारेन्टाइनमा राख्ने गरिएको छ ।
कोरोनाभाइरसकै कारण युभेन्टसका खेलाडी डानिएली रुगानीमा भाइरस देखिएपछि रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ । (एजेन्सी)
प्रकाशित समय १४:०० बजे

















