गृहपृष्ठ प्रशासन कार्यालयमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर
प्रशासन कार्यालयमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर
जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरमा प्रभु बैकको ५३ औं एक्सटेन्सन काउन्टर उद्घाटन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले प्रशासन कार्यालय परिसरमा सेवाग्राहीहरुलाई सहजताको लागि प्रभु बैंकको सहयोगमा एक्सटेन्सन शाखाको स्थापना गराएका हुन् ।
प्रभु बैंकका प्रदेश २ निर्देशक मन्त्रीलाल गुप्ताले प्रभु बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गमा मान्यता प्राप्त गरेको ५ वर्षभित्रमा देशभर २०८ शाखा सञ्चालनमा ल्याएको बताएका छन् । प्रभु बैंकले ५३ ठाउँमा एक्सटेन्सनमार्फत् सेवा दिई रहेकोमा सरकारी कार्यालयमा मात्रै ३३ स्थानमा एक्सटेन्सनमार्फत् सेवा दिदै आएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले सिडियो कार्यालयमै एक्सटेन्सनको स्थापनाले गर्दा आर्थिक कारोबार गर्न कार्यालयलाई समेत सहजता हुने बताए ।
कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई थोरै भए पनि सहज आर्थिक कारोबारमा सहजता हुनेछ । सिडियो कार्यालयमार्फत् चाँडै वितरण हुने भनिएको राष्ट्रिय परिचय पत्रको लागिसमेत कार्यालयभित्र नै भवन निर्माणको काम भइरहेको बताए ।
प्रकाशित समय १३:२५ बजे

















