गृहपृष्ठ कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिकाको गोदावरी हनुमान मन्दिरनजिक से. ३ प ३३६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका दुवै जनाएको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का २६ वर्षीय श्यामकुमार कुँवर र अर्का एक जनाको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेले बताए । गम्भीर घाइते दुबैलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो ।

प्रकाशित समय १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु