गृहपृष्ठ कोरोना सतर्कता : भोलिदेखि घरबाहिर निस्कन निषेध, के के छन् सरकारका निर्णय ?

कोरोना सतर्कता : भोलिदेखि घरबाहिर निस्कन निषेध, के के छन् सरकारका निर्णय ?

कोरोनाभाइरसको जोखिम बढ्दै गएपछि सरकारले मंगलबारदेखि सर्वसाधारणलाई घरबाहिर निस्कन पूर्ण रोक लगाएको छ । सोमबार फ्रान्सबाट फर्किएकी एक नेपाली युवतीमा कोरोनाभाइरस (कोभिड १९) संक्रमण भेटिएपछि सरकारले ‘लकडाउन’को निर्णय गरेको हो ।

युवतीमा कोरोनाभाइरस संक्रमण देखिएपछि कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले मंगलबार बिहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएको हो । चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै चैत १८ गतेसम्म खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक अरु सवारी साधन चलाउने पाइने छैन ।

कोरोनाबाट मृत्यु हुनेको संख्या विश्वभर १४ हजार ९२३ पुगिसकेको छ भने करिब अढाइ लाख संक्रमित छन् । अतिआवश्यकबाहेका कार्यालयमा कार्यालय प्रमुखले बिदा दिने सक्ने सरकारले जनाएको छ । सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी यो निर्णय गरेको हो ।

प्रकाशित समय १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु