गृहपृष्ठ विप्लव समूहद्वारा आक्रामक कारबाही बन्द गर्ने घोषणा
विप्लव समूहद्वारा आक्रामक कारबाही बन्द गर्ने घोषणा
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कोरोना महामारीलाई मध्यनजर राख्दै आक्रमक कार्यक्रम नगर्ने घोषणा गरेको छ । उनले आफ्नो नेता-कार्यकर्तालाई पनि कोरोना महामारी विरुद्धको अभियानमा लाग्न निर्देशन दिएका छन् ।
सोमबार पार्टी महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा ‘कोरोना भाइरसले विश्व मानव समुदायलाई ठूलो क्षति पुर्याएको र त्यसको असर र जोखिम आम नेपालीमा पनि परेकोले सारा देश एकताबद्ध भएर आफ्नो काममा लाग्नु परेको छ’ भनिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :

प्रकाशित समय १८:१० बजे
















