गृहपृष्ठ प्रदेश १ मा कोभिड- १९ : स्वाब परीक्षण गरिएकामध्ये २० को रिपोर्ट नेगेटिभ

प्रदेश १ मा कोभिड- १९ : स्वाब परीक्षण गरिएकामध्ये २० को रिपोर्ट नेगेटिभ

coronavirus_test report_covid 19

कोभिड – १९ का आशंका गरिएका २५ जनाको स्वाब परीक्षण गर्दा २० वटाको नतिजा नेगेटिभ निस्केको छ । पाँचजनाको नतिजा आउन बाँकी रहेको प्रदेश नं १ का सामाजिक विकास मन्त्रालय प्रवक्ता एवं जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिएका छन् ।

ती स्वाबको परीक्षण गर्न काठमाडाैंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । यसरी नमूना पठाइएकामध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १६, उदयपुर अस्पताल गाईघाट १, प्रदेश अस्पताल (कोशी) विराटनगर ६ र मेची अस्पताल भद्रपुरबाट २ रहेको थियो ।
सम्भावित कोरोना भाइरसको जोखिम हुन नदिन बनाइका आइसोलेशन र क्वारेन्टाइमा शुक्रबार साँझसम्म ७१२ जनालाई राखिएको छ ।

प्रदेशअन्तर्गत विभिन्न जिल्लाका ३७ स्थानमा निर्माण गरिएकोे २४४ शय्याको आइसोलेसनमा पाँच महिलासहित १५ जनालाई राखिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । ६२ स्थानमा निर्माण गरिएको एक हजार ५४३ श्ययाको क्वारेन्टाइनमा ३२८ जनालाई राखिएको छ ।

यसैगरी सामाजिक विकास मन्त्रालयले कोभिड –१९ को रोकथाम, नियन्त्रण तथा आवश्यक कार्य गर्नका लागि मन्त्रालय अन्र्तगतका कार्यालय तथा स्थानीय तहमा सञ्चालित हेल्थ डेक्स सञ्चालनमा  तीन करोड रूपैयाँ बजेट निकासा गरेको छ ।

प्रवक्ता मेहताका अनुसार सो कार्यका लागि १३ वटा अस्पताललाई ९५ लाख, प्रदेश अन्तर्गतका १४ वटा स्वास्थ्य कार्यालयहरुलाई २२ लाख ५० हजार , विभिन्न १४ वटा नगरपालिका/गाउँपालिकाहरुलाई ८० लाख र स्वास्थ्य निर्देशनालय धनकुटालाई समेत गरी तीन करोड रूपैयाँ  निकासा गरिएको छ ।

चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्सका चालकलाई सो भाइरस जोखिम हुनबाट जोगाउन विभिन्न सरकारी, निजी अस्पताल, स्वास्थ्य कार्यालय लगायतलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) २११ थान, ज्वरो नाप्ने मेसिनगन १६ थान, सर्जिकल मास्क पाँच हजार थान, सर्जिकल ग्लोब सात हजार दुई सय जोडी, हेण्ड सेनिटाइजर एक हजार २५० थान उपलब्ध गराएको सो मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु