गृहपृष्ठ कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ हजार पुग्यो, २६ हजार ६०० जनाको अवस्था गम्भीर

कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ हजार पुग्यो, २६ हजार ६०० जनाको अवस्था गम्भीर

विश्वभर कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ३४ हजार पुगेको छ ।कोरोना भाइरसबाट एकै दिन तीन हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

इटालीमा मात्रै १० हजार ७७९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, स्पेन ६ हजार ८०३, फ्रान्स २ हजार ६०६, इरान २ हजार ६४० र अमेरिकामा २ हजार ४८४ जनाले ज्यान गुमाएका छन् । विश्वभर ७ लाख २२ हजार ८८ जना संक्रिमत फेला परेका छन् ।

अमेरिकामा मात्रै १ लाख ४२ हजार ७० जना संक्रमित फेला परेका छन् भने २ हजार ९७० गम्भीर छन् । कोरोना संक्रमणबाट विश्वभर २६ हजार ६८१ जना गम्भीर बिरामी भएका छन् ।

आइतबार मात्रै ५८ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । सोमबार बिहानसम्म विश्वभर ७ लाख २१ हजार ४ सय १२ जना मानिस संक्रमित भएका छन् । एक लाख ५१ हजार ४ जना मानिस उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा उद्गमस्थल चीनमा कोरोनाको प्रभाव शून्य देखिएको छ भने इटाली र स्पेनमा महामारी उस्तै छ । इटलीमा हिजो मात्रै ५ हजार २ सय १७ जना मानिसमा कोरोनाको संक्रमण फेला परेको छ भने ७ सय ५६ जनाको ज्यान गएको छ ।

सूचीसहित

प्रकाशित समय ०८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु