गृहपृष्ठ कोरोना संक्रमण भएको २ दिनमै हलिउड अभिनेता एन्ड्रयु ज्याकको मृत्यु

कोरोना संक्रमण भएको २ दिनमै हलिउड अभिनेता एन्ड्रयु ज्याकको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण प्रसिद्द हलिउड अभिनेता एन्ड्रयु ज्याकको ज्यान गएको छ ।

स्टार वार र ब्याटम्यान बेगिन्सजस्ता हलिउड फिल्महरुमा काम गर्ने अभिनेता ज्याकको मंगलबार बेलायतको एक अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

७६ वर्षीय ज्याकलाई २ दिनअघि मात्र कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको उनका सहयोगी जिन म्याको कुलेजले जानकारी दिएको बताइएको छ । (एजेन्सी)

प्रकाशित समय ०६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु