गृहपृष्ठ अमेरिकामा एकैदिन एक हजार ४६ जनाले ज्यान गुमाए, २ लाख १५ हजार संक्रमित

अमेरिकामा एकैदिन एक हजार ४६ जनाले ज्यान गुमाए, २ लाख १५ हजार संक्रमित

विश्वभर ४७ हजार १८९ को मृत्यु, नाै लाख ३४ हजार ८२५ संक्रमित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले अमेरिकामा चर्को रुप लिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामै ज्यान एक हजार ४६ जनाले ज्यान गुमाएका छन् ।

जनवरी २२ मा फैलन सुरु गरे पनि पछिल्लो केही दिन यता युरोपियन मुलुक र अमेरिकामा भयावह स्थिति पैदा गरेको छ । अमेरिका अहिलेसम्म ज्यान गुमाउनेको संख्या पाँच हजार ९९ पुगेको छ । पछिल्लो २४ घण्टाभित्रै २६ हजार १०९ जना नयाँ संक्रमित देखा परेका छन् ।

त्यस्तै इटालीमा भाइरका कारण ज्यान गुमाउनेको संख्या १३ हजार १५५ पुगेको छ । यो विश्वमा सबैभन्दा बढी ज्यान गुमाएको देश हो । जहाँ पछिल्लो २४ घण्टामै ७२७ जनाले ज्यान गुमाएका छन् । यो समाचार तयार पार्नसम्म एक लाख १० हजार ५७४ जनामा संक्रमण देखिएको छ भने १६ हजार ८४७ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै स्पेनमा पनि प्रकोपको महामारीले भयावहको स्थिति ल्याएको छ । गएको २४ घण्टामै स्पेृनमा ९२३ जना गरी अहिलेसम्म ९ हजार ३८७ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । स्पेनमा अहिलेसम्म एक लाख चार हजार ११८ जनाले ज्यान गुमाएका छन् ।

वर्ल्ड म्याटरको तथ्यांकअनुसार गएको २४ घण्टाभित्र चार हजार ८८० जनाले ज्यान गुमाएका छन् । दैनिक रुपमा ज्यान गुमाएको यो सबैभन्दा बढी पहिलो घटना हो । त्यस्तै २४ घण्टामै ७६ हजार १८९ जना संक्रमणका घटना देखा परेका छन् ।

अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या ४७ हजार १८९ पुगेको छ भने ९ लाख ३४ हजार ८२५ जनामा संक्रमण देखिएको छ । उपचारपछि सञ्चो हुनेको संख्या पनि एक लाख ९३ हजार ९८९ पुगेको संगठनले जनाएको छ ।

प्रकाशित समय ०६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु